समाज

गम्भीर घाइते उदयपुरका सुवास साउदी अरबमा अलपत्र

माघ २१, २०७५

    उदयपुर : दुर्घटनामा परी गम्भीर घाइते उदयपुरका एक युवा साउदी अरबमा अलत्रप परेका छन्। रोजगारीका लागि साउदी अरब पुगेका उदयपुरगढी गाँउपालिका–१ ब्यँसेटारका सुवास अधिकारी अलपत्र परेका हुन्। 

    सुवास २०७५ बैशाखमा साउदी अरबको रियादमा रहेको मुबारक मारी अलसालोमी कन्ट्याट बिल्डिङ शिभा कम्पनीमा काम गर्न गएका गएका थिए। त्यहाँ पुगेको आठ महिनामै दुर्घटनामा परी गम्भीर घाइते भएको सुवासकी श्रीमती मेनुकाले बताइन्। ‘गएको बैशाखमा साउदीको रियाद सहरमा रहेको मुबारक मारी अलसालोमी कन्ट्याट बिल्डिङ शिभा कम्पनीमा काम गर्ने क्रममा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन,’ उनले भनिन्, ‘ढाँड भाचिनुका साथै टाउकोमा गहिरो चोट लागेको छ रे, उपचार नपाएपछि अलपत्र पर्नुभएको छ।’

    मेनुकाका अनुसार सुवासलाई त्यहाँ कार्यरत नेपालीहरुले संरक्षण गर्दै आएको छन्। दुर्घटनामा परेपछि काम गर्ने कम्पनीले समेत उपचार नगरी बेवास्ता गरेको सुवासका बुवा बलबहादुर अधिकारीले गुनासो गरे। ‘आफुले काम गर्ने कम्पनीको कामले बाहिर निस्कँदा दुर्घटनामा परेको रे,’ बलबहादुरले भने, ‘ढाडको मेरुडण्ड भाँचिनुको साथै टाउकोमा गहिरो चोट लागेको छ रे। कम्पनीले समेत उपचार गरिदिएको छैन।’

    सुवासलाई नेपाल ल्याउन वैदेशिक रोजगार बोर्डलगायतलाई आग्रह गरेको बलबहादुरको भनाइ छ। उदयपुरगढी गाँउपालिका–५ का वडाध्यक्ष कुमार अधिकारीले साउदी अरबमा अलपत्र परेका सुवासलाई नेपाल ल्याउन पहल थालेको बताए। उनले भने, ‘साउदीमा अलपत्र परेको जानकारी आएपछि नेपालबाट कुन मेनपारबाट गएको, घरमा रहेको कागजपत्र खोजी गरेर प्रक्रिया थालेका छौं।’ सुवास काठमाडौंमा रहेको अन्नपूर्ण मेनपावर कम्पनीबाट साउदी अरब गरेको जानकारी पाएको वडाध्यक्ष अधिकारीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]