खेलकुद

एथ्लेटिको मड्रिड पराजित हुँदा रियल भने विजयी

माघ २१, २०७५

    स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिड पराजित हुँदा रियल मड्रिड भने विजयी भएको छ। गएराति भएको पहिलो खेलमा एथ्लेटिको मड्रिड रियल बेटिससँग १–० ले स्तब्ध हुन पुग्यो। 

    निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ६५ औं मिनेटमा रियल बेटिसका लागि सर्जियो कनलेसले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि कुनै टोलीबाट गोल भएन र कनलेसको गोल नै रियल  बेटिसलाई महत्वपूर्ण तीन अंक दिन पर्याप्त रह्यो। हारसंगै एथ्लेटिको मड्रिडले उपाधि होडमा रहेको वार्सिलोनासँग अंकदूरी घटाउने मौका गुमाउन पुगेको छ। रियल बेटिस भने विजयी हुँदै लिगको छैटौं स्थानमा उक्लिएको छ। ला लिगामा बार्सिलोनाको ५० अंक सहित पहिलो स्थानमा छ भने ४४ अंक रहेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ।   

    त्यस्तै हिजै भएको अर्को खेलमा रियल मड्रिडले डिर्पोटिभो अलाभेसमाथि ३-० को सहज जित निकालेको छ। घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमा, भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरे। जितसँगै रियलको ४२ अंक जोड्दै एथ्लेटिको मड्रिडसंगको अंक दूरी २ अंकमा झारेको छ।    
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]