राजनीति

नेकपा सचिवालयको बैठक आज बस्दै, थाती रहेकाे एकता प्रकृयाबारे छलफल हुने

माघ २१, २०७५

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबारबस्दैछ। पार्टी एकताका बाँकी कामका विषय र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको नेकपाले जनाएको छ।

    लामो समयपछि बस्न लागेको सचिवालय बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको जनाइएको छ। नेकपाले पार्टी एकताका बाँकी विषय टुङ्ग्याउन कार्यदल गठन गरेको थियो। एकताको सम्पूर्ण सांगठिक काम पूरा गर्ने जिम्मेवारी दिएर गठन गरिएको कार्यदलले काम गर्न नसकेपछि सचिवालय बैठक बोलाइएको हो।

    सचिवालय बैठकले कार्यदललाई सक्रिय बनाउने नेताहरुको भनाइ छ। कार्यदलले काम पूरा गर्न नसकेपछि अपुरै प्रतिवेदन भए पनि माग्ने सचिवालयको तयारी रहेको बताइएको छ। गत पुस १२ मा बसेको स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुंगो लगाउन सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को नेतृत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]