समाज

युवकको शव फेला

माघ २१, २०७५

    कञ्चनपुर : वेदकोट नगरपालिकाको सामादैजी नजिक पूर्व–पश्चिम राजमार्गमा करिब २२ वर्षीय युवकको शव फेला परेको छ। सडकमै शव देखेपछि स्थानीयले सोमबार बिहान प्रहरीलाई खबर गरेका हुन्। 

    युवकको बाया कन्चटमा खोस्रिएको जस्तो घाउ देखा परेकाले सवारी साधानको ठक्कर दिएको हुनसक्ने आशंंका गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए। उन भने, ‘शवबारे आवश्यक अनुसन्धानको कार्य अगाडि बढाएका छौं।’

    प्रहरी निरीक्षक अवस्थीका अनुसार ती युवक दैजी क्षेत्रमा देखा परेको र सुस्तमनस्थितिको रहेका थिए। मृतकको सनाखत हुन सकेको छैन। शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]