पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
भद्रपुर (झापा) : अस्पतालको लापरबाहीले दुई वर्षीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयवासीले बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा तोडफोड गरेका छन्। आइतबार राति करिब १० बजे अस्पताल तोडफोड गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। भीडले अस्पताल तोडफोड गर्न थालेपछि बिरामी र कुरुवाहरु भागाभाग भएको थिए।
आक्रोशित समूह अस्पताल तोडफोडमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गी लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बताए। उनले भने, ‘प्रहरीले भीडलाई समयमै नियन्त्रणमा लिएकाले अस्पतालमा थप क्षति हुन पाएन।’ तोडफोडबाट अस्पतालको तल्लो कोठामा केही क्षति पुगेको जनाइएको छ। रातिदेखि नै अस्पताललाई सुरक्षा प्रदान गर्दै आइरहेको छ।
मेचीनगर नगरपालिका–४ चारआलीका २ वर्ष ५ महिनाका जेनित राजवंशीको उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि आक्रोसित आफन्त र गाउँलेले अस्पताल तोडफोड गरेका थिए। झाडापखला लागेका जेनितलाई उपचारका लागि साँझ ७ वजे अस्पताल ल्याइएको थियो। आकस्मिक कक्षमा राखिएको जेनितलाई नर्सले इन्जेक्शन दिएको केही समयपछि मृत्यु भएको आफन्तको दाबी छ।
घटनाले उग्र रुप लिएपछि जनप्रतिनिधिले मृतकका आफन्त र गाउँवासीलाई सम्झाएर वार्ताको वातावरण निर्माण गरेका थिए। इलाका प्रहरी कार्यालय बिर्तामोडमा मृतकका परिवार, जनप्रतिनिधि र अस्पताल प्रसाशनबीच छलफलको तयारी भइरहेको प्रहरी कार्यालय झापा डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।