पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
रुकुम : जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले जिल्लामा निषेधाज्ञा जारी राखेको छ। जिल्ला सदरमुकामको विषयलाई लिएर विवाद चुलिँदै गएपछि आइतबार साँझ ७ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार निषेधाज्ञा अर्को आदेश नभएसम्म जारी रहने छ। सदरमुकामलाई लिएर रुकुमकोट र गोलखाडावासीले लगातार आन्दोलन गरेपछि प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको हो। सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न÷गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।
प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापहिरा, पश्चिममा सोही गाउँपालिकाको रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को शहीपार्क हुँदै रुमालबारासम्म प्रवेश निषेधाज्ञा आदेश जारी गरेको छ। सदरमुकामको विवादका कारण रुकुमकोट तनावग्रस्त छ। सदरमुकामको विषयलाई लिएर रुकुमकोट र रुकुमकोटका बासिन्दा एक वर्षदेखि आन्दोलित छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।