खेलकुद

एपिएफले जित्यो ढोरपाटन महिला भलिबलको उपाधि

माघ २१, २०७५

    काठमाडौं : १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि विभागीय टोलि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। जारी सिजनमा यो एपिएफको आठौँ उपाधि हो। 

    आइतबार भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबल ३-१ को सेटमा  पराजित गर्दै एपिएफले उपाधि उचालेको हो। पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२० ले जितेको एपिएफले तेस्रो सेट २५–१९ ले गुमाएको थियो। चौथो सेट एपिएफले २५–१५ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो।

    त्यस्तै आइतबारै भएको अर्काे खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखरालाई ३–१ को सेटमा पराजित गर्यो  ।  पहिलो सेट आर्मीले २६–२४ ले जित्यो। तर, दोस्रो सेट पश्चिमाञ्चलले २५–२० ले जितेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । यद्यपि त्यसपछिको दुवै सेट आर्मीले २५–१२ र २५–१४ ले सहजै जित्यो । आर्मीले १४ खेलबाट ३२ अंक जोड्यो । पश्चिमाञ्चलले २२ अंक जोड्यो।  

    प्रतियोगितामा अपराजित रहँदै एपिएफले १४ खेलबाट ४२ अङ्क जोड्यो । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ३४ अङ्क जोड्यो। उपाधिसँगै एपिएफले रु तीन लाख ५० हजार प्राप्त गर्यो। उपविजेता पुलिसले रु दुई लाख प्राप्त गर्यो। यसैगरी त्रिभुवन आर्मी तेस्रो हुँदै रु एक लाख प्राप्त गर्यो।

    त्यस्तै सर्वाेत्कृष्ट खेलाडी एपिएफकी सरस्वती चौधरी, उदियमान खेलाडी आर्मीकी शान्ति थारु, पश्चिमाञ्चलकी अरुण शाही, प्ल्येर अफ दि सिरिज पुलिसकी कोपिला राना र भाग्यशाली दर्शक गोरखाका भीम प्रसाद देवकोटा भए। विजयी सबैले १-१ थान सुजुकी स्कुटर जिते।

    यसैगरी व्यक्तिगत विधातर्फका उत्कृष्ट हुनेहरुमा स्पाइकरमा पुलिसकी उषा भन्डारी, सेटरमा पुलिसकै कमला पुन, ब्लकरमा आर्मीकी सोफिया पुन, क्विकरमा आर्मीकै सुनिता खड्का, डिफेन्डरमा पुलिसकी शान्ति तामाङ, सर्भरमा एपिएफकी नेविका चौधरी प्रशिक्षकमा एपिएफका ज्ञानेन्द्र विष्ट चुनिए। उनीहरू सबैले समान ६–६ हजार रुपैयाँ हात पारे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]