समाज

नेपाल घुम्न आएका एक पर्यटक लडेर घाइते

माघ २१, २०७५

    चितवन : चितवनमा साईकलमा हिँड्ने क्रममा लड्दा एक जना विदेशी पर्यटक गम्भीर घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितनवका अनुसार घाईते हुनेमा नेदरल्याण्डबाट नेपाल घुम्न आएका ज्याक नामका पर्यटक हुन्।

    उनी पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका ९ टिकौली जंगलमा साइकिलीङका क्रममा लडेर घाइते भएका थिए। घाइते ज्याकको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। एक्लै हिँडिरहेका उनी आइतबार राति ११ बजे लडेर घाइते भएको थाहा पाउनसाथ प्रहरीको टोली पुगी उपचारका अस्पताल लगिएको प्रहरीले जनाएको छ। दूतावासलगायत सम्बन्धित निकायमा घट्नाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]