खेलकुद

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र युनाइटेड विजयी

अगुइरोको ह्याट्रिक

माघ २१, २०७५

    इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन्। आइतबार राति भएको खेलमा आर्सनल सिटीसँग ३-१ ले पराजित हुन पुग्यो। 

    म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा सर्जियो अगुइरोले ह्याट्रिक गरे। उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै घरेलु टोलीलाईअग्रता दिलाएका थिए। तर, खेलको ११ औं मिनेटमा कोसचिन्ले गोल गर्दै आर्सनललाई १-१ को बराबरीमा ल्याए।

    यद्यपि खेलको ४४औं मिनेटमा अगुइरोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा सिटीलाई २-१ को अग्रता दिलाए। त्यस्तै खेलको  ६१औं मिनेटमा अगुइरोले ह्याट्रिक पूरा गर्ने क्रममा गोल गर्दै सिटीलाई ३-१ को सानदार जित दिलाए। जितसंगै सिटीले २५ खेलबाट ५९ अंक जोड्दै  लिग लिडर लिभरपुलसंगको दूरी २ अंकमा झारेको छ । तर, लिभरपुलले भने एक खेल कम खेलेको छ। लिभरपुलको २४ खेलबाट ६१ अंक रहेको छ भने सिटीसंग पराजित भएको आर्सनल ४७ अंक सहित छैटौ स्थानमा झरेको छ।     

    त्यस्तै आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई १-० ले स्तब्ध पार्यो। उसका लागि खेलको नवौ मिनेटमा मार्कुस रासफोर्डले गोल गोल नै युनाइटेडलाई तीन अंक दिलाउन पर्याप्त रह्यो। जितसंगै युनाइटेड ४८ अंक सहित पाँचौं स्थानमा उक्लिएको छ पराजित लेस्टर ३२ अंकसहित ११औं स्थानमा रहेको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]