समाज

बैतडीको अधिकांश स्थानीय सरकार भाडाका घरमा

माघ २१, २०७५

    बैतडी : बैतडीका आठ वटा स्थानीय तह भाडाका घरमा सञ्चालन भइरहेका छन्। दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाबाहेकका अन्य स्थानीय तह भाडाका घरमा सञ्चालन भइरहेका हुन्।

    स्थानीय तह स्थापना भएको दुई वर्ष हुन लाग्दा पनि स्थानीय तहका आफ्नै भवन नहुँदा भाडाका घर, विद्यालयका भवनमा कार्यालय सञ्चालन भइरहेका छन्। कार्यालय भवन नहुँदा स्थानीय सरकारले सञ्चालन गर्ने कामहरु प्रभावकारी हुन नसकेका जनप्रतिनिधिको गुनासो छ।

    डिलाशैनी गाउँपालिकाले गाउँपालिकाको कार्यालय विद्यालयको भवन मर्मत गरेर सञ्चालनमा गरिएको छ। पाँच लाख रुपैयाँमा विद्यालय भवन मर्मत गरेर कार्यालय सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव जोशीले जानकारी दिए। यस्तै, दोगडाकेदार गाउँपालिकाले पनि श्रीकोट बहुमुखी क्याम्पसको भवन मर्मत गरेर कार्यालय सञ्चालन गरिरहेको छ।

    पाटन नगरपालिकाले मासिक ४० हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको छ। मेलौली नगरपालिकाले पनि मासिक १० हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको छ।  सुर्नया गाउँपालिकाले मासिक १० हजार रुपैयाँमा रौलेश्वर माविको भवनमा कार्यालय सञ्चालन गरिरहेको छ। यस्तै, पुरचौंडी नगरपालिकाले चारवटा निजी घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ। उसले मासिक ४० हजार रुपैयाँ घरभाडामा खर्च गर्दै आएको छ।

    जिल्लाको सबैभन्दा दुर्गम सिगास गाउँपालिकाले पनि मासिक १० हजारमा भाडामा घर लिएर कार्यालय सञ्चालन गरिरहेको छ। गाउँपालिकाले गत वर्षदेखि नै कार्यालय भवन निर्माण अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। यस्तै, पञ्चेश्वर गाउँपालिकासँग पनि भवन नहुँदा सानो भवनमा कार्यालय सञ्चालन गरिरहेको छ।

    स्थानीय तहहरुसंग आफ्नो भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ। भवनको अभावमा कार्यालको शाखा स्थापना गर्न नसकिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]