स्वास्थ्य

'म हुँ र म गर्न सक्छु' भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै

माघ २१, २०७५

    काठमाडौं : विश्व क्यान्सर दिवस, विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष फेब्रुअरी चार तारिखका दिन विश्वभर क्यान्सर दिवस मनाउने गरिन्छ। क्यान्सर दिवसको यस वर्षको नारा 'म हुँ र म गर्नसक्छु' तय गरिएको छ। दिवसका सन्दर्भमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन्।

    फोक्सोमा क्यान्सर हुने प्रमुख कारण धुम्रपान रहेको चिकित्सकले बताएका छन्। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन पियाका अनुसार झन्डै ९० प्रतिशतलाई धुम्रपानका कारण क्यान्सर हुने गर्दछ। धुम्रपानपछि वंशाणुगत कारणले फोक्सोको क्यान्सर हुने गरेको डा. पियाको भनाई छ। अव्यवस्थित जीवनशैली, खानपान र जीवनयापनका कारण पछिल्लो समय क्यान्सरका बिरामी बढेका छन्।

    विभिन्न अंगमा हुने क्यान्सरमध्ये बढी मानिसमा फोक्सोका क्यान्सर हुने गरेको छ। विश्वमै फोक्सोको क्यान्सरबाट वर्षेनी लाखौँ मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। नेपालमामात्रै हाल ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ। विश्वमा हरेक वर्ष १ करोड ८१ लाख नयाँ क्यान्सर रोगी थपिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ। जसमा ९० लाखको मृत्यु हुने बताइएको छ।

    यसैबीच नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसको अवसरमा सोमबार विभिन्न कार्यक्रम गर्दैछ। संस्थाले भक्तपुरस्थित क्यान्सर अस्पतालमा आज क्यान्सर रोगको निःशुल्क परीक्षण गर्ने जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]