समाज

हिउँले अवरुद्ध सडक फेरुवा बिच्छ्याएर सञ्चालनमा

माघ २१, २०७५

    हुम्ला : हुम्लाको सदरमुकाम सिमकोटमा भारि हिमपातपछि अवरुद्ध भएको  सडक फेरुवा  बिच्छ्याएर  सुचारु भएको छ। सिमकोट आसपासका वडामा रहेका स्थानसम्म पुन ११ किलोमिटर कच्ची सडक निर्माण  भएको छ। कच्ची सडकमै हिउँ र बरफ जमेर अवरुद्ध बने पछि फेरुवा बिच्छ्याएर भए पनि सडक सञ्चालनमा ल्याइएको खार्पुनाथ यातायात प्रा.लि.का अध्यक्ष सरोज रावतले बताए। हुम्लामा घरेलु कार्पेटको रुपमा प्रयोग गर्दै आएको फेरुवा-लिउ बिच्छ्याएर सडक सञ्चालन  भएको छ। यातायातको साधन नहुँदा गाउँबाट सदरमुकाममा बिरामी ओसार्न र अत्यावश्यक काममा जान समेत समस्या भएपछि फेरुवा बिछ्याएरै भएपनि गाडी चलाउनु परेको खार्पुनाथ यातायात प्रा.लि.का अध्यक्ष  रावतले बताए।

    लगातार परेको हिमपातले सदरमुकाम सिमकोटमा जमेको तिन फिट हिउँले गाडी गुड्न समेत निकै समस्या बनाएकोले गाउँबाट आवतजावतमा समस्या बनाएको छ।  सिमकोटको बाटोमा हामीले फेरुवा बिछ्याएर मोटर गुडाउन सफल भयौ भने सिमकोट नजिकै  स्याम्ने सम्मको बाटोमा भएको हिउँ र बरफ पन्छाउँदै गाडी गुडाएको खार्पुनाथ यातायात प्रा.लि.का हुम्लाका सञ्चालक लोकजंग शाहीले बताए।

    सिमकोट खार्पु खडक खण्डमा गाडी गुडेपछि गाउँदेखि आफूलाई आवतजावत गर्न र बिरामीलाई जिल्ला अस्पताल ल्याउन समेत निकै सहज भएको खार्पुनाथ गाउँपालिका ४ का नल्नाका नवराज भण्डारीले बताए। राष्ट्रिय सडक सञ्जाले नछोएको जिल्ला हुम्लामा सदरमुकाम सिमकोट र उतरी तिब्तत ताक्लाकोटमा रहेको हिल्सा सिमकोट सडक खण्डको ट्रयाक खुलेपछि आन्तरिक कच्चीसडकमा गाडी गुडीरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]