समाज

६५ केजी गाँजासहित एक जना पक्राउ

माघ २१, २०७५

    हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागुऔषध गाँजासहित एक जनालाई सोमबार नियन्त्रणमा लिएको छ।

    लागुऔषध गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा गएको टोलीले मकवानपुरको कैलाश गाउँपालिका- ८ का चोमसिंह मोक्तानको घरबाट अवैध लागुऔषध गाँजा ६५ केजी फेला पारेको हो। २६ वर्षीय मोक्तानलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    प्रहरीका अनुसार मोक्तानले आफू सुत्ने कोठामा प्लास्टिकको बोरामा लुकाएर गाँजा राखेको अवस्थामा प्रहरी टोलीले गाँजासहित उनलाई नियन्त्रणमा लिएको हो। मकवानपुर प्रहरीले पछिल्लो समय लागुऔषध नियन्त्रणका लागि राजमार्गको नियमित चेकजाँच, गाँजा तथा अफिम खेती गाउँमै प्रहरी क्याम्प राखेर फँडानी तथा विशेष सूचनाको आधारमा घरघरमा पुगेर खानतलासी गर्दै आइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]