समाज

ठूलो परिणामको कपडासहित ट्रकधनी र चालक पक्राउ

माघ २१, २०७५

    पर्सा : जिल्लाको ठोरीस्थित छोटी भन्सार कार्यालयलाई छल्दै अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको ठुलो परिणामको कपडा र धानसहित ट्रकका धनी र चालक सहचालकलाई इलाका प्रहरी कार्यालय ठोरीले नियन्त्रणमा लिएको छ। आइतबार राती भन्सार छली चोरी पैठारी गरी ट्रकमा ल्याइँदै गरेको ठुलो परिणामको कपडा र धानसहित कारोबारीलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटी गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

    धान ल्याएको जस्तो गरी २२ लाख २३ हजार २०० को सटिङ सुटिङको कपडा र जम्मा एक लाख ३२ हजार ३०० को मात्र ध्यान त्यो पनि भन्सार छली चोरी पैठारी गरी ल्याइँदै गरेको रहेछ। सो सामान सहित भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेका ट्रकका धनीसहित ट्रकका चालक र सहचालकलाई पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ठोरीको प्रहरी प्रमुख प्रहरी निरीक्षक केदारराज पन्तले बताए।  

    विगतका घटना जस्तो सामान र सवारी साधन छोडेर कारोबारी भाग्न नपाउँदै यो पटक भने सबै नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ। पक्राउ परेको लु १ ख ३३१० नम्बरको ट्रकका धनी चितवन माडी नगरपालिका २ बस्ने वर्ष ४४ को ऋषि सुवेदी रहेछन्। उनी सहित सो ट्रकका चालक सोही ठाउँका वर्ष २६ का प्रकाश दराई तथा सहचालक वर्ष १९ का सुजन दराईलाई पनि सामानसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ। 

    पक्राउ गरिएको ट्रकभित्र १०५ बोरा धान, १९ पोका अर्थात् ३०४ पिस महिलाले लगाउने कुर्ता सुरुवाल, ३ हजार २८० मिटर सटिङ, ६०० मिटर सुटिङ, कुर्ता कपडा २ हजार ६० मिटर र ८८ थान साडी लगायतका कपडा ल्याएको रहेछ। यो सामान धान ल्याएको जस्तो गरी लुकाएर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ। पक्राउ परेको ट्रकको मूल्य भने ७ लाखको निर्धारण गरी कुल ३० लाख ५५ हजार ५०० मूल्य बराबरको सामान पक्राउ परेको प्रहरीले जिकिर छ।

    पक्राउ परेको सामान र ट्रकलाई सोमबार नै जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको थप कारबाही अगाडि बढाइएको ठोरी प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]