समाज

रकम फिर्ता नगरेको भन्दै शिक्षकविरुद्ध मुद्दा

माघ २१, २०७५

    रकम फिर्ता नगरेको भन्दै शिक्षकविरुद्ध मुद्दा

    दैलेख : ठाँटीकाँध गाउँपालिका १ लकान्द्रका शिक्षक जीवराज रेग्मीविरुद्ध जिल्ला अदालत दैलेखमा मुद्दा दायर भएको छ। नौमूले गाउँपालिका २ की २६ वर्षीया एकल महिला तुलसीकुमारी मल्ल शाहीले सापटी लिएको रकम फिर्ता नगरेपछि शिक्षक रेग्मीविरुद्ध मुद्दा दायर गरेकी हुन्।

    केही महिनामै फिर्ता गर्छु भनी लिएको ५० हजार रुपैयाँ असुल उपर गरी पाऊँ भन्दै मल्लले माघ १० गते दैलेख जिल्ला अदालतमा उजुरी गरेकी हुन्। रकम फिर्ता माग्दा पनि लामो समयसम्म फिर्ता नगरेको र शिक्षक रेग्मीले बाउन्स चेक दिएको भन्दै रकम असुली गरिदिन भन्दै उजुरी गरेकी हुन्।

    राष्ट्रिय वाणिज्य बैङ्क दैलेख शाखामा जीवराज रेग्मीको आफ्नै नाममा रहेको खाताको चेकबाट तुलसीले पाउने गरी गएको पुस ४ गते चेक जारी गरिएको र त्यो खातामा चेकमा उल्लेख गरेको रकम भुक्तानी गर्न नसकिने भन्ने ब्यहोरा बैङ्कले प्रमाणित गरेपछि पीडित महिलाले उजुरी दर्ता गरेकी हुन्। आरोपित रेग्मीले आफू एपिडाइटिसको अपरेसन गरेर आराममा भएका कारण भेट्न नसकेको तर उजुरी परेको अवस्थामा पनि रकम फिर्ता गर्न खोज्दा तुलसीको मोबाइलमा सम्पर्क नभएपछि नातेदारमार्फत भेट्ने प्रयास गरिरहेको उनले बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]