समाज

मुख्य न्यायाधीशविरुद्ध शाखा अधिकृतले दिए सर्वोच्चमा निवेदन

माघ २१, २०७५

    बाँके : उच्च अदालत तुल्सीपुर इजलास नेपालगन्जका तीन जना शाखा अधिकृतले मुख्य न्यायाधीश विष्णुदेव पौडेलको हुकुमी शासनका कारण प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन्। शाखा अधिकृत बीरेन्द्रप्रकाश खड्का, पुष्पराज जोशी र भुपेन्द्र उपाध्यायले मुख्य न्यायाधीश पौडेलको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका रजिष्ट्रार समक्ष सरुवाका लागि संयुक्त रुपमा निवेदन दिएका छन्। 

    शाखा अधिकृत खड्काले अनुमान योग्य र स्वचालित सरुवा प्रणाली लागू नहुँदा अदालतका कर्मचारीको मनोवल गिर्दो अवस्थामा भएको बताए। टेलिफोन सम्वादका क्रममा उनले मुख्य न्यायाधीश पौडेलले सरकारी सम्पत्तीको दुरुपयोग गरेको बताए। ‘मुख्य न्यायाधीशले आफ्नो सुविधाको गाडी थन्क्याएर कार्यालयको गाडी प्रयोग गरेकोमा हामीले सजग गराएका हौँ’ उनले भने। 

    न्यायाधीशका कारण आफू चार वर्षदेखि उच्च अदालत इजलाश नेपालगन्जमा काम गर्न बाध्य भएको बताउँदै सरुवाको माग गर्दा समेत सुनुवाई नभएको बताए।उनले आफूलाई पायक पर्ने जाजरकोट जिल्ला अदालत, पश्चिम रुकुम वा जिल्ला अदालत गुल्मी जान चाहेको भनी सर्वोच्च अदालतमा सरुवाका लागि निवेदन दिएका छन्।त्यसैगरी, जोशीले डोटी जिल्ला अदालत वा उच्च अदालत दिपायल जान चाहेका छन्।

    उपाध्यायले उच्च अदालत पाटन, विशेष अदालत काठमाडौँ, सर्वोच्च अदालत काठमाडौँ, काठमाडौँ जिल्ला अदालत, फैसला कार्यान्वयन निर्देशनालय, न्याय परिषद वा उपत्यकामा रहेका विभिन्न न्यायाधिकरणमा सरुवाका लागि माग गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]