खेलकुद

टी-ट्वेन्टी र्‍याङकिङमा नेपालको फड्को, आयरल्यान्ड नेपालभन्दा ४ स्थान तल

माघ २१, २०७५

    काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाललाई समावेश गरेर पछिल्लो टी–ट्वान्टीे वरियतामा सार्वजनिक गरेको छ। सोमबार आइसिसीले सार्वजनिक गरेको वरियतामा नेपाल १४ औँ स्थानमा रहेको छ।

    नेपालभन्दा पछि युएई, हङकङ, ओमन र आयरल्यान्ड रहेका छन्। आइतबारसम्म बरियतामै नभएको नेपालले ४ वटा टीमलाई पछि पार्दै १४ औँ नम्बरमा आफ्नो स्थान बनाएको छ। नेपालभन्दा अघि १३ औँ स्थानमा नेदरल्यान्ड, १२ औं स्थानमा जिम्वाब्बे, ११ औँ स्थानमा स्कटल्यान्ड रहेका छन्।

    बरियताको पहिलो नम्बरमा पाकिस्तान रहेको छ। पाकिस्तानपछि बरियताको दोस्रो नम्बरमा भारत, तेस्रो नम्बरमा साउथ अफ्रीका, चौथो नम्बरमा इङल्यान्ड, पाँचौँ नम्बरमा अष्ट्रेलिया र छैटौँ नम्बरमा न्युजील्यान्ड छन्।

    त्यस्तै बरियताको सातौँ स्थानमा वेस्टइन्डिज,  आठौँमा अफगानस्तान, नबौँमा श्रृलंका र १० औँ स्थानमा बंगलादेश रहेका छन्। नेपालले एकदिवसीयको १५ नम्बरमा समेत स्थान बनाइसकेको छ।

    नेपालले युएई विरुद्ध तीन वटा एकदिवसीय र तीन वटा ट्वान्टीट्वान्टी खेल खेलेपछि आइसिसीले बरियाता हेरफेर गरेको हो। नेपालले दुबै फर्म्याटमा दुई–दुईवटा म्याच जितेर सिरिज नै आफ्नो पक्षमा पारेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]