राजनीति

कांग्रेसको सरकारविरोधी प्रदर्शन : आकर्षणमा वाइडबडी

माघ २१, २०७५

    काठमाडौं : वाइडबडी प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम मुछिएपछि कांग्रेसले उक्त मुद्दालाई छाडेको आरोप लाग्ने गरेको छ। नेपाल वायु सेवा निगमका लागि ठूला विमान खरिद प्रकरणमा भएको चार अर्ब रुपैयाँ भ्रष्टाचार प्रकरणमा देउवाको नाम मुछिएपछि कांग्रेस मौन बसेको आरोप लाग्दै आएको हो।

    पछिल्लो समय देउवाइतर खेमाका नेताले मात्र वाइडबडी प्रकरणका बारेमा बोलिरहेका छन् भने देउवा समूह भरसक यो प्रकरणमा मौन नै रहन चाहेको देखिन्छ। तर देउवा निकटका नेताहरूले भने आफूहरू वाइडबडी प्रकरणमा मौन नरहेको भन्दै बचाउ गरिरहेका छन्। ‘हामीले यो प्रकरण बिर्सिएका छैनौँ’, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड भन्छन्, ‘यसलाई हामी उठाउँछौँ।’

    सरकार सर्वसत्तावादी भएको भन्दै कांग्रेसले सोमबार देशभर सरकारविरोधी प्रर्दशन गर्‍यो। देशको राजधानी भएकाले काठमाडौंमा हुने प्रदर्शनलाई विशेष महत्त्वका साथ हेरिन्छ। काठमाडौंमा भएको प्रदर्शनमा कांग्रेस नेता तथा कार्यकर्ताको बाक्लै उपस्थिति थियो। 

    उक्त विरोध प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै चर्को नारा लगाए। प्रदर्शनपछिको सभामा बोल्ने अधिकांशले भ्रष्टाचारका मुद्दा उठाए तर वाइडबडीलाई सामान्य र अल्छी गरेजस्तो गर्दै उठाए। कार्यक्रमका प्रमुख अतिथि प्रकाशमान सिंहले पनि यसबारे बोले तर त्यति महत्त्व दिएनन्। 

    काठमाडौंमा भएको प्रदर्शनमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने भनिएको थियो तर देउवा देशभर भएको कुनै कार्यक्रममा सहभागी भएनन्। काठमाडौंमा भएको प्रदर्शन पनि अन्य जिल्लाको जस्तै समान्य नै थियो। तर उक्त प्रदर्शनमा नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिका नेताहरूले वाइडबडी प्रकरणलाई संकेत गर्दै बनाएको सांकेतिक जहाज भने आकर्षणको केन्द्र बनेको थियो।

    उनीहरूले बजारमा पाइने खेलौना जहाजलाई नेपाल वायु सेवा निगमको ठूलो जहाज जस्तै बनाएर सिँगारेका थिए। दुईवटा जहाज प्रदर्शनका क्रममा ल्याएका थिए। उनीहरूले उक्त जहाजमा ‘प्रधानमन्त्री ओलीजी! वाइडबडी काण्ड कता हरायो?, भ्रष्टाचारीको घेरामा सरकार रमायो’ लेखिएको ‘प्ले कार्ड’ राखेका थिए।

    हेर्नुहोस् थप फोटो :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]