समाज

'कोख मेरो, सन्तान कस्को?'

चार दिने फोटो प्रदर्शनी शुरू

माघ २१, २०७५

    काठमाडौं : विभिन्न कारणले नागरिकता प्राप्त गर्नबाट वञ्चित भएका पीडितहरूले आफ्नो पीडा समेटिएको विषयवस्तुमा आधारित फोटो प्रदर्शनी सुरु गरेका छन्। बुवाको नामबाट मात्र नागरिकता दिने प्रचलनका कारण न्यायिक पीडामा परेका पीडितहरूले न्याय र समानताको माग गर्दै बृहत् फोटो प्रदर्शनी गरेका हुन्।

    महिला, कानुन र विकास मञ्चले कला परिषद्को हल बबरमहलमा फोटो प्रदर्शनीको आयोजना गरेका हुन्। कोख मेरो, सन्तान कसको ? शीर्षक दिइएको फोटोप्रदर्शनीमा नागरिकता विहीन व्यक्तिहरूसँग सम्बन्धित फोटो प्रदर्शनी सुरु भएको हो।

    त्यस क्रममा प्रदर्शनीको साथमा भक्तपुरमा घटेको वास्तविक घटनालाई उजागर गरिएको नाटक समेत प्रदर्शन गरिएको थियो। २०७१ साल श्रावणमा भक्तपुरमा घटेको घटनालाई नाटकको रूपमा उजागर गर्दै देशमा सङ्घीयता आए पनि न्यायिक स्वतन्त्रता नभएको उजागर गरिएको थियो। नाटकमा वैदेशिक रोजगारीका कारण आफूले आफ्नो श्रीमानबाट जीवनभरको लागि टाढा हुँदाको पल, त्यसमा पनि आफ्नो छोराले बुवाको अनुपस्थिति तथा जन्म दर्ता नहुँदा नागरिकता नपाएको पिडालाई प्रस्तुत गरिएको थियो।

    वर्तमान संविधानले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउने प्रावधान गरेता पनि त्यो हाल कार्यान्वयन भएको छैन। नाटकको प्रस्तुतिमा कानुनी अधिकारको माग गर्दा जनप्रतिनिधिले नागरिकताको लागि सिफारिस नदिने र प्रशासनद्वारा नागरिकता वितरण नगर्ने गरेको दुःखेसोमूलक तथा सन्देशमूलक प्रस्तुति रहेको थियो।

    नाटकमा एउटा छोरी मान्छेले एक्लो हुँदा आफ्नो परिवार, आफन्त तथा समाजमा हुने गरेको अपहेलनालाई जस्ताको तस्तै प्रस्तुत गरिएको थियो। एउटा नारीले पुरुषकै कारण सहनुपरेको पिडा त उनको लागि मात्र भयो। तर उनीबाट जन्म लिएको त्यो अवोध बालकले समेत नागरिकताबाट बञ्चित भई राज्यबाट पाउने कुनै पनि सेवा सुविधाबाट बञ्चित हुनुपरेको बास्तविक घटनालाई नाटकको माध्यमबाट उजागर गरिएको छ।

    देशमा भएका तथा पिडित महिलाहरुको भनाइलाई समेटेको बास्तविक तथा यथार्थपरक  फोटो प्रदर्शनी गरिएको छ। फोटो प्रदर्शनी चार दिनसम्म चल्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]