समाज

संचालनमा आएको साता नहुँदै चर्कियो बस टर्मिनल

माघ २२, २०७५

    विराटनगर : विराटनगर महानगरपालिकाले आठ करोड ४७ लाख रुपैयाँ खर्च गरेर बनाएको बस टर्मिनलको प्रशासनिक भवन कमजोर र गुणस्तरहीन प्रमाणित भएको छ। बस टर्मिनल सञ्चालनमा आएको एकसाता पनि नबित्दै साना र मध्यम आकारका सवारी साधनकले उत्पन्न गर्ने कम्पनकै कारण भवन चर्किएको हो। 

    शहरी विकास कोषको ९० प्रतिशत ऋण सहयोगबाट निर्माण भएको बस टर्मिनलको प्रशासनिक भवनको पहिलो तलाको भर्‍याङको भाग तथा पर्खालहरू चर्किएका छन्। कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण भवन चर्किएको र त्यसले भवन संहिताअनुसार मजबुत निर्माण नभएको भन्दै यातायात व्यवसायीले बताएका छन्। बस टर्मिनल भवन बनाउदा गुणस्तरीय सामग्रीको प्रयोग नगर्नु र राम्रोसँग नबनाउँदा भवनको पर्खाल चर्किएको यातायात व्यवसायी सन्तोष खड्काले बताए। ‘निर्माण सकिएको केही दिनमा भवन चर्किनुले कमसल सामग्रीको प्रयोग गरिएको देखियो’, उनले भने, ‘भवन निर्माणमा सुरुदेखि निर्माण कम्पनीले लापरवाही गरेको कारण भवन चर्कियो।’

    कुल ११ करोड ९८ लाख रुपैयाँ लागत अनुमान गरिएको बस टर्मिनल आठ करोड ४७ लाख रुपैयाँमा गौरी-पार्वती निर्माण सेवा काठमाडौंले बनाएको हो। बुधबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले टर्मिनल उद्घाटन गर्ने कार्यक्रम छ। यद्यपि, विराटनगर महानगरपालिकाले बस टर्मिनल संचालन कार्यविधि तयार गरेको छैन। 

    महानगरले नगर विकास कोषको ऋण सहयोगमा १८ वटा माइक्रो बस र ३५ वटा बस पार्किङ गर्ने स्थल, फुटपाथ, आकर्षक यात्रु प्रतीक्षालयसहितको दुई तले प्रशासनिक भवन भएको बस टर्मिनल निर्माण गरेको हो।

    प्रवेशद्वारदेखि प्रशासकीय भवनभित्र जाने अगाडिपट्टिका सिँढीका भित्ताहरू चर्किएपछि निर्माण कम्पनीलाई मर्मत गर्न भनेको विराटनगर माहानगरपालिको प्रमुख भीम पराजुलीले बताए। चर्किएको ठाउँमा तत्काल मर्मत गर्न निर्देशन दिएको उनले बताए। महानगरको प्राविधक टोली गएर अनुगमन गरी त्यस ठाउँमा मर्मतको कामसमेत भएको उनले जानकारी दिए।

    विराटनगर महानगरपालिका इन्जिनियर अर्जुन थापाले इलेक्ट्रिक प्यालन पाँच इन्चमाथि उठाउनुपरेकाले त्यसलाई छोप्न खोज्दा चोर्किएको दाबी गरे। ‘अहिले चर्किएको ठाउँमा मर्मत भएको छ’, उनले भने, ‘एक वर्षसम्म समस्या आएमा ठेकेदार कम्पनीकै जिम्मेवारीमा पर्ने भएकाले समस्या हुँदैन।’

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]