समाज

हुलाकी सडकमा ठेकेदारको लापरबाही : दुईतिरबाट माटो ल्याएर सडकमा राखियो

माघ २२, २०७५

    जनकपुरधाम : हुलाकी सडक निर्माणको क्रममा ठेकेदारले लापरबाही गरेको पाइएको छ। संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले प्रदेश २ मा निर्माणाधिन हुलाकी सडकको अवस्था दयनीय रहेको समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्।

    समितिले सप्तरीदेखि पर्सासम्मको हुलाकी सडकखण्डको निरीक्षण गरेको थियो। मङ्गलवार सडकको अवस्थाबारे समिति सभापति खड्काले पत्रकारहरूलाई जानकारी दिएकी हुन्। जसमा उनले सप्तरीदेखि पर्सासम्मको अवस्थालाई मध्यनजर गरेर हेर्दा हुलाकी सडकको अवस्था ज्यादै दयनीय रहेको पाइएको उनले बताइन्। उनले भनिन्, ‘ठेकेदारहरूको लापरबाही तथा सर्वसाधारण अलिक चनाखो नहुँदा हुलाकी सडकमा दुबैतिर खेतको माटो खनेर सडकमा राखेको पाइएको छ, जुन नियम तथा सरकारी मापदण्ड विपरीत हो।’

    अनुगमनकै क्रममा सभापति खड्काले विगतमा अस्थिर सरकारमा स्वाभाविक हुलाकी सडक मात्र नभई कुनै पनि आयोजनाको काम हुन नसकेको बताउँदै हुलाकी सडक राष्ट्रिय गौरवको योजना मध्ये एक महत्त्वपूर्ण योजना रहेकोले अबको २०७७ असार मसान्तसम्ममा काम सम्पन्न गरी निर्देशन दिइने जानकारी दिइन्। उनले भनिन्, ‘बलान र कमला नदीको ठेकेदारलाई समयमै पुल नबनाएका कारण कारबाहीको सिफारिस गर्छौँ, साथै नयाँ टेन्डर आव्हानका लागि सरकारलाई निर्देशनसहित हुलाकी सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउँछौँ।’

    यस्तै समिति सदस्य मिनाक्षी झाले भित्री मधेसको लाइफलाइन हुलाकी राजमार्गलाई व्यवस्थित तुल्याउन अनुगमन पश्चात् सरकारलाई तत्काल रोकिएका काम सुचारु गरिने बताइन्। उनले भनिन्, ‘हामीले आठ वटै जिल्लाको अनुगमन गर्‍यौँ, अवस्था गम्भीर छ। कतै ठेकेदारको लापरबाही कतै सर्वसाधारण जनताको अवरोध जस्ता समस्याहरूका कारण हुलाकी राजमार्गको निर्माण अवरुद्ध छ।' उनले सर्वसाधारणलाई तत्काल मुआब्जा दिएर काम अगाडि बढाउनुपर्ने धारणा राखिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]