समाज

करेन्ट लागेर एकजनाको मृत्यु, एक मृत फेला

माघ २३, २०७५

    मेलम्ची :  सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। 

    विद्युतको तार चलाउने क्रममा मंगलबार करेन्ट लागेर मेलम्ची नगरपालिका–१२ निवासी आइमान तामाङको मृत्यु भएको हो। करेन्ट लागेर उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको बताइएको छ । 

    यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कमा स्थानीय वीरबल तामाङ गोठमा मृत अवस्थामा फेला परेको स्थानीयवासीले बताएका छन्। शव परीक्षणका लागि मेलम्ची स्वास्थ्य चौकी ल्याइएको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]