राजनीति

सांसदहरूको प्रश्नमा आज गृहमन्त्रीले जवाफ दिने

माघ २३, २०७५

    काठमाडौं : प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापासहित पाँच जना मन्त्रीले जवाफ दिने कार्यसूची छ। बुधबार दिउँसो १ बजे बस्ने बैठकमा समसायमयिक विषयमा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने संसद सचिवालयले जनाएको छ।

    बुधबारको बैठकमा गृहमन्त्री थापासहित अर्थमन्त्री डा‍‍. युवराज खतिवडा, कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।  

    सांसदहरूले पाँचै जना मन्त्रीका लागि झण्डै ८० वटा प्रश्न संसद सचिवालयमा दर्ता गराइसकेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए। मन्त्रीलाई सोध्ने प्रश्न सांसदले १० दिनअघि नै संसद सचिवालयमा दर्ता गराउने व्यवस्था छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]