समाज

चामलको बोरामा युरिया मल!

माघ २३, २०७५

    पर्वत : सौरभ फुड प्रोडक्टस प्रालि बाराले उत्पादन गरेको सोल्टी ब्राण्डको जिरा मसिनो चामलमा युरिया मल मिसावट भएको पाइएको छ। कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले दुर्लुचोकमा रहेको प्रभु शरणम् किराना पसलबाट किनेर लगेको चामलको बोरामा युरिया मल भेटिएको हो।

    आइतबार साँझ लगेको बोराको चामलको भात पकाएर खाँदा सोमबार परिवारका सदस्यलाई झाडापखाला लागेको थियो। पछि चामलको बोरामा हेर्दा युरिया मलका दाना देखिएको आचार्यले बताए। ‘बेलुका भात पकाएर खाइयो, बिहान सबैलाई पखाला लाग्यो, शंका लागेर हेर्दा बोरामा बाक्लै युरिया मल भेटियो’, आचार्यले भने। उपभोक्ताको स्वास्थ्यमाथि उत्पादक कम्पनीले लापरबाही गरेको भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। 

    प्रोडक्टले २०७५ मंसिर २५ गते प्याकिङ गरेको ब्याच नं. २९ को सोल्टी जिरा मसिनो चामलको बोरा जिल्ला प्रशासन कार्यालयमा राखिएको छ। आचार्यको उजुरी अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलसहितको टोलीले उक्त चामलको बोरा नियन्त्रणमा लिनुका साथै सोही बोरा किनिएको पसलमा रहेका सोही कम्पनीका अरु बोरा पनि परीक्षण गरिएको छ। तर सोही ब्याचका अरु बोरामा भने मिसावट नरहेको पौडेलले बताए।

    प्रारम्भिक अनुसन्धानका क्रममा चामल उत्पादकले नै त्रुटि गरेको निष्कर्षमा पुगिएको र थप अनुसन्धानका लागि चामल प्रयोगशालामा पठाइने उनले बताए। चामलमा यूरिया भेटिएको बारे अनुसन्धान भइरहेको र उपभोक्ताको स्वास्थ्यमाथि अहित हुने गरी बिक्री वितरण गरेको पाइएमा कानुन अनुसार आवश्यक कारवाही हुने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]