खेलकुद

लिग विजेता मनाङको पहिलो खेल ढाका अबहानीसँग

माघ २३, २०७५

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल विजेता मनाङ–मर्स्याङ्दी क्लबले एएफसी कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा बङ्गलादेशीको लिग विजेता क्लब ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्ने भएको छ।

    एसियन फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको तालिकाअनुसार मनाङले पहिलो खेलमा अबहानी लिमिटेडको सामना गर्ने भएको हो। समूह ‘इ’ मा रहेको मनाङले पहिलो खेलका रूपमा आगामी अप्रिल ३ मा अबहानी लिमिटेडको सामना गर्नेछ। मनाङको होम खेलअन्तर्गत रहेको उक्त खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।

    मनाङले अबहानीसँग अबे खेल भने ढाकास्थित बङ्गबन्धु स्टेडियममा आगामी जुन १९ मा खेल्नेछ। 'ए' डिभिजन लिग विजेता टोली एएफसीमा सहभागिता जनाउने प्रवधानअनुसार मनाङले यो अवसर पाएको हो। यस्तै मनाङले प्ले अफबाट आउने टोलीसँगको अबे खेल अप्रिल १७ मा खेल्नेछ।

    भारत, श्रीलङ्का र भुटानमध्येको एक टोलीले खेल्नेछ। प्ले अफबाट आउने टोलीसँग मनाङले होम खेल आगामी जुन २६ मा एन्फा कम्प्लेक्समा खेल्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]