समाज

पश्चिमी भेगमा आज हिमपात, भोलि काठमाडौंमा वर्षा

माघ २३, २०७५

    काठमाडौं : देशका अधिकांश ठाउँको मौसम बदली हुने भएको छ।  देशका पश्चिम, मध्य र पूर्वी स्थानको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    पश्चिमी भू–भागको मौसममा पूर्ण बदली र अन्य स्थानमा आंशिक बदली हुने मौसमविद् मञ्जु वासीले जानकारी दिइन्। ‘आज दिउँसो पश्चिमका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना छ’, उनले भनिन्, ‘पश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ।’ 

    पश्चिमी वायु भित्रिएकाले बुधबार दिउँसोदेखि मौसम बदली हुन लागेको महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण बिहीबार काठमाडौंसहित देशका अधिकांश स्थानमा पानी पर्ने मौसमविद् वासीले जानकारी दिइन्। 

    बुधबार बिहान काठमाडौ उपत्यकाको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]