विश्व

मुस्लिम मुलुक यूएईमा पोप फ्रान्सिसको सम्बोधन

माघ २३, २०७५

    क्याथोलिक इसाइका धर्मगुरु पोप फ्रान्सिसले युनाइटेड अरब इमिरेट्स (यूएई) मा आयोजित एक विशाल सभालाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा फ्रान्सिसले मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न आग्रह गरे।

    यमन, सिरिया, इराक र लिबियामा युद्धका कारण दयनीय अवस्था सिर्जना भएको भन्दै उहाँले मध्यपूर्वका मुस्लिमहरू र इसाई धर्मावलम्बीबीच सुमधुर सम्बन्ध स्थापित हुनुपर्नेमा उनले जोड दिए। 

    मध्य पूर्वको भ्रमणका क्रममा मुस्लिम खाडी राष्ट्रमा पहिलोपटक पुगेका फ्रान्सिसले यूएईको राजधानी अबुधाबीस्थित एक रंगशाला र बाहिर उपस्थित झण्डै एक लाख ७० हजार क्याथोलिक धर्मावलम्बीलाई सम्बोधन गरेका हुन्। जायाद स्पोर्टस् सिटी रंगशालामा प्रवेश गर्ने क्रममा पोप फ्रान्सिसलाई ठूलो जनसमूहले झण्डा र ब्यानरले भव्य स्वागत गरेको थियो।

    यूएईको छिमेकी मुलुक साउदी अरबलाई इस्लाम धर्मको उद्गमस्थल मानिन्छ।  ठूलो छिमेकी मुलुक साउदीमा गैर–मुस्लिमलाई सार्वजनिक स्थलमा प्रार्थना गर्न समेत प्रतिबन्धित गरिएको भए पनि आबुधाबीमा भने इसाई समुदायका व्यक्तिलाई प्रार्थना गर्न छुट दिइएको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]