पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
पोखरा : गण्डकी प्रदेश सकारले प्रादेशिक विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनाको तयारी सुरु गरेको छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यसको तयारी थालेको हो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ‘नास्ट’ स्थापनाको लागि प्रारम्भीक छलफल सुरु गरेको बताए। ‘यसका लागि पहिले ऐन आवश्यक हुन्छन् त्यसैले यस क्षेत्रका विज्ञ र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग सहकार्य गर्न लागिएको हो,’ मन्त्री लम्सालले भने, ‘सरकारले नास्ट स्थापनाको लागि कार्यक्रम बनाइसकेको छ। त्यसैले अब ढिला नगरी समिति नै बनाएर अघि बढ्न लागिएको हो।’
अध्ययनका लागि एक करोड
प्रदेश सरकारले प्रादेशिक विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनाको तयारी तथा अध्ययनका लागि भनेर बजेट समेत विनियोजन गसिसकेको मन्त्री लम्सालले जानकारी दिए। उनका अनुसार नास्टको शीर्षकमा चालु वर्षमा एक करोड रुपैयाँ विनियोजन भएको छ। यो बजेट नास्टको सुरुवात गर्नका लागि मात्रै भएको र आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गर्ने उनले विश्वास दिलाए। मन्त्री लम्सालले प्रतिष्ठानको कार्यालय राख्नको लागि पोखराकै पृथ्वीनारायण क्याम्सले भवन उपलब्ध गराउने वाचा गरेको पनि बताए।
११ सदस्यीय समिति गठन
प्रदेशमा नास्ट स्थापनाको लागि ऐन कानुन निर्माणका लागि अध्ययन गर्न नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना (नास्ट) का वैज्ञानिक डा. किशोर पाण्डे संयोजक रहनेगरी ११ सदस्यीय समिति पनि गठन गरेको छ। पाण्डेको संयोजकत्वमा बनेको समितिको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई पनि सदस्य राखिएको छ।
अन्य सदस्य विषयगत क्षेत्र र विज्ञताको आधारमा राखिने भएको हो। उक्त समितिले अध्ययन गरी मन्त्रालयलाई प्रतिवेदन बुझाउने र त्यसैको आधारमा काम अघि बढाउने बताइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।