राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

माघ २३, २०७५

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ। बैठकमा गत पुसमा सम्पन्न महासमिति बैठकले पारित गरेको पार्टी विधानलगायत दस्तावेज परिमार्जनसहति पारित गर्ने विषयमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

    दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सोमबार सरकारको विरुद्धमा देशभर भएको प्रदर्शनका बारेमा समीक्षा हुने प्रवक्ता शर्माले बताए।

    बैठकले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति विघटन गर्ने वा महाधिवेशनका लागि समय थप्ने भन्नेबारे निर्णय लिने उनले बताए। नेविसंघमा नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिले थपिएको पाँच महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि पार्टीले माघ २ गतेबाट नेविसंघलाई काम चलाउ बनाएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]