काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएलमा) रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी) ले पहिलो जित निकालेको छ। घरेलु मैदानम...
म्यानचेस्टर सिटी यो वर्षको सुरुवात भएपछि पहिलो पटक इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा फर्किएको छ। डिसेम्बर १६ पछि पेप ग्वार्डिओलाको सिटीले पहिलो पटक प्रिमियर लिगमा लिभरपुललाई पछि पार्दै अन्तिम १६ मा स्थान पक्का गर्यो।
प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २–० ले पराजित गर्दे दुई महिना पछि लिग अंक तालिकाको शीर्ष स्थानमा पुग्न सफल भयो। सिटी र लिभरपुलको समान अंक भए पनि गोल अन्तरमा सिटी लिगको शीर्ष स्थानमा उक्लिन सफल भयो। यद्यपि लिभरपुलले सिटीको भन्दा एक खेल कम खेलेको छ। सिटी र लिभरपुलको समान ६२ अंक छ। एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा सिटीलाई जिताउन एमेरिक लापोर्टे र गाब्रियल जेससले समान १–१ गोल गरे।
प्रतिस्पर्धात्मक खेलमा सिटीले पहिलो हाफको इन्ज्युरी समयमा सुरुवाती अग्रता बनायो। थप गरिएको दोस्रो मिनेटमा लापोर्टेले डेभिड सिल्भाको पासलाई सदुपयोग गर्दे टिमका लागि पहिलो गोल गरे। दोस्रो हाफमा पनि सिटीले इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा गाब्रियल जेससले गोल गर्दै २–० को जित दिलाए।
सिटीसँग पराजित एभर्टनको २६ खेलबाट ३३ अंक रहेको छ। दोस्रो स्थानमा झरेको लिभरपुलले शनिबार राति बर्नमाउथसँग खेल्नेछ। जितले पुनः ३ अंकको अग्रता तथा बराबरीले लिभरपुलले सिटीसँग एक अंकको अग्रता बनाउने छ। हारले भने लिभरपुल सिटीसँग गोलअन्तरमा पछि पर्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।