समाज

कालीगण्डकीमा जीप खसालेका रवीलाई ३० वर्ष कैद फैसला

कालीगण्डकीमा खसालिएको जिप
माघ २४, २०७५

    पर्वत : जिल्ला अदालत म्याग्दीले म्याग्दीकै बेनी नगरपालिका ९ काउले गौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवी)लाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ।

    गत असार १४ गते खड्काले चलाएको लु २ च २४५४ नं. को जिप बेनी–जोमसोम सडकअन्तर्गत तिप्ल्याङ खण्डको सडकबाट कालीगण्डकीमा खसेको थियो। सोही क्रममा म्याग्दीकै अन्नपूर्ण गाउँपालिका ७ घराम्दीकी २० वर्षीया सविता नेपाली नदीमा बेपत्ता बनेकी थिइन्।

    जिल्ला न्यायधिस राजकुमार कोइरालाको इजलासले खड्काले नेपालीको अपहरण गरी सोही जीपमा हालेको र जानाजान कालीगण्डकीमा जीप खसालेर उनको हत्या गरेको ठहर गर्दै ३० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गराउने फैसला  सुनाएको हो। खड्कालाई हत्या गरेकोमा सर्वस्वसहित २० वर्षको कैद, अपहरण तथा शरीर बन्धक बनाएकामा आठ वर्ष र पीडा दिएकामा थप दुई वर्ष गरी ३० वर्ष कैद सजाय गर्ने फैसला सुनाएको श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिए।

    जीप सडकबाट कालीगण्डकीमा खसालेर बेपत्ता भएका चालक खड्का सात दिनपछि असार २० गते आफैँ पोखराबाट प्रहरीको सम्पर्कमा आएका थिए। कालीगण्डकीमा बेपत्ता भनिएका चालक जीवितै फेला परेपछि सविताकी आमा राधिकाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले खड्काविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको थियो।

    घराम्दीमा भएको भेलामा अविवाहित सविताको पेटमा रहेको गर्भ आफ्नो भएको स्वीकार गरेर आँफूले जिम्मा लिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा गाडीमा हालेर भागेका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेर उनको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]