काठमाडौँ : काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधवार) देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ। कामपाले स्तन, पाठेघरको मुखको क्...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व-उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ।
श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए।
गत माघ दुई गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो। मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको उनले बताए।
उनका अनुसार ह्याम्स अस्पतालमा हाल अधिकारीको डा भगवान कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका समूहले स्वास्थ्य उपचार गरिरहेका छन्। ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।