समाज

मनाङमा हिउँमा रमाउँदै आन्तरिक पर्यटक

माघ २७, २०७५

    मनाङ : हिमपातपछि मनाङमा हिउँ खेल्न आन्तरिक पर्यटकको घुइँचो लागेको छ। शनिबार दिउँसोबाट हिउँ पर्न रोकिएसँगै छिमेकी जिल्ला लमजुङबाट आन्तरिक पर्यटहहरू हिउँ खेल्न मनाङको धारापानी आएका हुन्। लमजुङ सदरमुकाम बेसिसहरबाट  करिब ३ घन्टाको मोटरसाइकल यात्रापछि धारापानी आएका लमजुङ मरस्याङदी युवा कल्बका  अध्यक्ष विजय श्रेष्ठले बताए। उनका अनुसार आफूले जीवनको पहिलोपटक हिउँ छोएको र यस्तो मनोरम दृश्यले स्वर्गको अनुभूति भएको बताएका हुन्। त्यस्तै अनुभूति भएको बताउँछन् लमजुङका अनिल थापा। लमजुङबाट १२ जना अएका आन्तरिक पर्यटक धारापनी, हुँदै दानाक्यु पुगेका थिए।

    त्यस्तै, धारापानी आसपासका स्थानीय केटाकेटी हिउँमा रमाउँदै उत्साहित भएका छन्। बिहीबार बेलुकीदेखि पुन: परेको हिमपात अहिले पूर्ण रूपमा रोकिएको छ। १२ वर्ष पछिको मनाङ जिल्लामा यति धेरै ठूलो हिमपात परेको स्थानीयहरुको अनुभव छ। हिमपातले जनजीवन कष्टकर बने पनि हिमपातपछि सामान्य भएको छ। करिब २० वर्षपछि मनाङको सबैभन्दा तल्लो भेग तालमा समेत यसपटक हिमपात भएको छ।

    समुद्री सतह बाट १७०० मिटर उचाइमा पहिलोपटक हिमपात भएको हो। यस वर्ष पटक-पटक गरेर  तीनपटक हिमपात  भएको हो। सर्वसाधारण र पशुचौपायालाई सास्ती भएको छ। सवारीसाधन अझै सञ्‍चालन भने हुन सकेको भने छैन। बेशिसहरदेखि तल्लो मनाङको दानाक्युसम्म सवारीसाधन सञ्‍चालन भएका छन्। प्रमुख जिल्ला अधिकारी  रुद्रनाथ देवकोटाले मौसममा सुधार आउनासाथ सवारीसाधन सुचारु हुने बताए। मनाङ सदरमुकाम चामे र माथिल्लो मनाङमा भने सवारी आवगमन हुन सकेको छैन।

    केही समयमा  सुचारु हुने भने पनि पुन हिमपातले असर गरेको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए। हिमपात परिरहँदा ढुवानीको काम प्रभावित बनेको छ।  कतिपयले दानाक्युदेखि मानिस र खच्चडबाट ढुवानी गरेर  दैनिक जीवनको गुजारा चलाएको चामेका मेखबहादुर बिकले बताए। हिमपात रोकिएसँगै स्थानीय र पर्यटकहरु हर्षित भएका छन्। हिँडडुल गर्न र दैनिक जीवनयापनमा सहज हुने जनाएका छन्। उता मौसमविद वरुण पौडेलले अनुसार यो नै यस वर्षको अन्तिम हिमपात भएको र अब आजैबाट मौसममा सुधार आउने बताएका छन्। 

    अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका अनुसार हिमपातमा पनि आन्तरिक तथा बाह्य  पर्यटकहरू आवगमन गरिरहेको र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको  पर्यटन सहायक आशिस बिकले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]