काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
जाजरकोट : रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङले क्षति बनाएपछि जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ।
चार दिनदेखि अवरुद्ध भएको टेलिकम सेवा समयमै मर्मत नहुँदा हजारौँ सेवाग्राही मर्कामा परेका छन्। रोल्पाको रातामाटाको रिपिटर टावरले जाजरकोटमा सेवा प्रवाह गर्दै आएको छ। दुई हप्ताअघि मछाइनामा रहेको टावरमा चट्याङले क्षति बनाएपछि हप्ता दिन अवरुद्ध भएको जाजरकोटको टेलिफोन सेवा पूर्ण अवरुद्ध भएपछि यहाँका सेवाग्राही मर्कामा परेका छन्।
मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइला लगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको थियो। रिपिटर टावरमा परेको चट्याङले त्यहाँ रहेको सोलार व्याट्री, अन्य उपकरणमा क्षति पुगेको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए। नेपालगन्जबाट प्राविधिक टोली कामका खटिए पनि टावर निर्माणको काम सफल नभएको उनले बताए।
टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँगाउँमा रहेका स्थानीय सरकारको सम्पर्क टुटेको छ। मछाइनामा रहेको टावरमा बेलाबेलामा समस्या आउँदा यहाँका हजारौं स्थानीयवासीले सास्ती भोग्दै आएका छन्। निजी क्षेत्रका सञ्चार प्रदायक कम्पनीको जाजरकोटका गाउँगाउँमा सेवा विस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भर पर्नु पर्ने बाध्यता रहेको छ। कहिले टावर निर्माण हुन्छ भन्ने एकिन नभएको बताएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।