जनकपुरधाम : ई-रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका व...
जनकपुरधाम : प्रतिबन्धित लागुऔषध गाँजासहित बारा जिल्लाको सिमराबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बारा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका ७ लालका पुल नजिकबाट अवैध लागुऔषध ८ किलो गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा पर्सा जिल्ला पर्सागढी नगरपालिका ८ का ३२ वर्षीय शिव कुमार महतो, मकवानपुर जिल्ला राक्सिरांग गाउँपालिका ३ का ३१ वर्षीय हिमालसगा रुम्बा र सोही गाउँपालिका ३ का ३० वर्षीय श्रीराम स्यांग्तान रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा लागुऔषध गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो।
ना. ६० प ५७६८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा झोलामा लुकाइछिपाइ ल्याएको उक्त परिमाणको अवैध लागुऔषध फेला पारी पक्राउ गरीएको हो। पक्राउ गरिएका तीनै जनालाई जिल्ला अदालत बाराबाट लागुऔषध ओसारपोसार मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले जानकारी दिए।
१३ वर्षदेखि फरार प्रतिवादी पक्राउ
जिल्ला अदालत बाराबाट अंगभंग मुद्दामा अभियुक्त ठहर गरेको प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। बारा जिल्ला अदालतको मिति २०६२ अषाढ १ गतेको फैसला आदेशले २ वर्ष कैद सजाय भई फरार रहेका अंगभंग मुद्दाका प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बारा जिल्लाको प्रसौनी गाउँपालिका ५ का ४३ वर्षीय सत्येन्द्र साह तेली रहेको प्रहरीले जनाएको छ। निज तेलीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका निज तेलीलाई प्रहरीले पक्राउ गरी ठेकीएको कैद सजाय भुक्तानको लागि वीरगञ्जस्थित कारागार पर्सामा पठाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।