खेलकुद

धरान फुटबल क्बल बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

माघ २९, २०७५

    सुनसरी : आयोजक धरान फुटबल क्बल बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वाटरफाइनलमा मंगलबार पाहुना टोली भारतको कोलकत्ताको दलहाउजी एथलेटिक क्ललाइ २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

    आयोजक धरान फूटबल क्लबले अब फाइनल प्रवेशका लागी शुक्रबार नेपाल पुलिस क्लबसँग खेल्नेछ। घरेलु मैदानमा दर्शकको साथ पाएको धरानले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै पाहुना टोलीलाइ निराश बनायो। धरानको लागि खेलको ९ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पाहुना टोली कलकत्तालाई दवावमा राखेको धरानले खेलको २३ औं मिनेटमा वर्तमान राईले एक गोल गर्दा २–० को स्पष्ट जित निकालेको हो। भोलिको खेल एपीएफ र डउफिन फूटबल क्लब क्यामरून बीच हुने छ।

    प्रतियोगितामा आमन्त्रण गरिएका २ विदेशीसहित कूल ८ वटा टिम सहभागिता छ। प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ पाउने छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]