काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
काठमाडाैं : राष्ट्रिय सुरक्षा नीति, २०७३ पुनरावलोकन गरी नयाँ राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा तयार गर्न बनेको उच्चस्तरीय समितिले सुरक्षा विज्ञहरूसँग छलफल गरेको छ।
मंगलबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समितिले पूर्व रक्षामन्त्रीहरूसहित सुरक्षा विज्ञहरूसँग छलफल गरेको हो। तत्कालीन रक्षामन्त्री भीम रावलको पालामा राष्ट्रिय सुरक्षा नीति २०७३ ल्याइएको थियो। तर परिवर्तित सन्दर्भमा यो नीतिमा धेरै परिमार्जन गर्नपर्ने भन्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलको संयोजकत्वमा यो समिति गठन गरिएको छ। यो समितिले मूलभूत रुपमा राष्ट्रिय सुरक्षा नीतिमा बाह्य र आन्तरिक सुरक्षा नीति, सुरक्षा र राजनीति, सुरक्षा र कूटनीतिक, सुरक्षाका लागि सूचना, साधनलगायतका संयन्त्रहरूलाई कसरी संचालन परिचालन गर्न सकिन्छ भनेर विभिन्न तहमा छलफल गरिरहेको छ।
समितिले जिल्ला, प्रदेश र सवै सुरक्षा निकायका विज्ञहरूसँग पहिलो चारमा सुझाव लिइसकेको छ। यस्तै समितिले विभिन्न स्थानबाट तथा निकायबाट २८० वटा प्रश्नावलीसहितको सुझाव पनि लिएको छ। आजको छलफलमा नेपाल सरकारका वहालवाला र पूर्व सचिवहरू, पूर्व महान्यायाधिवक्ताहरू, सुरक्षा निकायका प्रमुखहरू, सुरक्षा विज्ञ तथा स्वतन्त्र विश्लेषकहरू सहभागिता थियाे।
छलफलमा सहभागीहरूले मुलुकको पछिल्लो अवस्था, शासकीय स्वरुपको परिवर्तन र विश्व परिवेश र सम्बन्धलाई ध्यान दिएर नीतिलाई संशोधन गर्न सुझाव दिएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।