काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हरेक दिन एक कदम अगाडि बढ्ने बताएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणामा प्रधानमन्त्री ओलीले हरेक दिन नयाँ काम गर्दै जाने बताएका हुन्।
ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सरकार एक कदम अघि बढेको प्रमाण भएको बताउँदै हरेक दिन एक कदम अघि बढ्ने बताए। हरेक नागरिकले केही गरेर छाड्छु भन्ने भावनाका साथ अघि बढ्ने वातवरण सरकारले बनाउने बताए।
हामी केही गर्न सक्छौ भन्ने धेरै कारण देशमा रहेको प्रधानमन्त्री ओलीको भनाई छ। जवान जनसंख्या देशले केही गर्न सक्ने आधार भएको बताए। उनले ६० प्रतिशत जनसंख्या क्रियशील व्यक्तिहरू रहेको, आन्तरिक समस्या टुंग्याएको लगायतका कारणले गर्दा देशभित्र अवसर जुटेको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।