राजनीति

नेकपाभित्र भाड्ने खेल भएको छ: प्रधानमन्त्री

फागुन १, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई समस्या पार्न भाड्न खोजिएको आरोप लगाएका छन्। उनले बुधबार गरिएको एक कार्यक्रममा नेकपा भित्र खेल्ने प्रयास गरिए पनि सफल हुने बताए। 

    उनले आमालाई बा जड्या र बालाई आमा बोक्सी भन्ने तवरबाट नेकपाभित्र खेल्न खोजिएको बताएका हुन्। उनले सरकारले अन्तर्राष्ट्रिय सम्वन्ध मजबुत बनाएको दाबी गरे। कुनै पनि देशका विरुद्ध सरकारले कार्ड प्रयोग नगर्ने बताए। 

    कुनै पनि देशमा बाह्‍य हस्तक्षेप हुन नदिने मान्यता सरकार रहेको बताए। उनले सरकारलाई असफल बनाउनु भनेर प्रयास गर्नु भनेको असफल प्रयास हुनेब ताए। 

    सरकारले गरेको कामलाई असफल गराउने काम भएको समेत भएको बताउदै यस्ता कुरा लोकतन्त्रको पक्षमा नभएको बताए। 

    प्रधानमन्त्री ओलीले दुईतिहाइको सरकार गठन भएको एक वर्ष पूरा हुन थालेको बताउदै नेपाल सरकारको एक वर्ष पूरा हुनु पनि अचम्मको विषय भएको बताए। उनले यो सरकारले पाँच वर्षको कार्यकाल नै पूरा गर्ने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]