राजनीति

कम्युनिस्ट प्रणालीमा देउता र सेवक हुँदैनन् : नेता नेपाल

फागुन १, २०७५

    जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले दुई पार्टीको एकतामा ढिलाई भइरहेको बताएका छन्। विगत एक वर्षअघि पार्टी एकीकरण भएता पनि एकतामा ढिलाई भइरहेकोले विगत एक वर्षमा भएका कामहरू र भएका कमजोरीहरूलाई सच्चयाएर पार्टीलाई गति दिनुपर्ने बताएका हुन्।

    महोत्तरी जिल्लाको सदरमुकाममा आयोजित एक कार्यक्रममा सहभागि हुन आएका नेता नेपालले जनकपुरधामस्थित विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गत एक वर्षमा पार्टी र सरकारभित्र भएका कामहरूलाई वस्तुनिष्ठ हिसाबले समीक्षा गर्नुपर्ने बताए। उनले भने, ‘सरकार र पार्टीले गरेको कामलाई कायम राख्दै कमजोरीलाई सुधार गरेर आगामी वर्षको नयाँ यात्राको प्रारम्भ गर्नुपर्छ।’

    नेता नेपालले सरकारले जनताको भन र भावनाअनुसार तत्काल काममा लाग्नुपर्ने बताउँदै उनले भने, ‘हाल पार्टीको काममा भइरहेको ढिलाई छ, त्यसैले ढिलाइको कामलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्छ। सँगै पार्टी र सरकारलाई विधिअनुसार चलाउनुपर्छ र त्यो विधि दुई नेताको हुदैन्। विधि भनेको कमिटी प्रणाली हो र कम्युनिस्ट पार्टी कमिटी प्रणालीलाई विश्वास गर्छ।’

    नेता नेपालले नेकपाका दुई अध्यक्ष ओली र प्रचण्ड तर्फ इंगित गर्दै भने, ‘दुई नेतालाई कम्युनिस्ट प्रणालीमा देउता मानिदैन र कम्युनिस्ट प्रणालीमा कोही देउता र सेवक नहुने हुनाले कसैले आफूलाई देउता नठाने हुन्छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]