समाज

दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

फागुन १, २०७५

    सिन्धुली : सिन्धुली र महोत्तरीको बर्दिवासमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन्।

    सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाढीमा पढ्न हिँडेका विद्यार्थीलाई तीव्र गतिमा रहेको बोलेरोले ठक्कर दिँदा दुई छात्रा गम्भीर घाइते भएका छन् भने महोत्तरीको बर्दिवासमा टिपर दुर्घटना हुँदा एक जना घाइते भएका छन्। गम्भीर घाइते एक जनालाई हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ भने दुई जनालाई धुलिखेल अस्पतालमा उपचार हुँदै गरेको प्रहरीले जनाएको छ।

    कमलामाई नगरपालिका ६ रातमाटाबाट सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेका गोलन्जोर गाउँपालिका ३ सिन्धुलीकी १७ वर्षीया रोजिना कार्की र कमलामाई नगरपालिका ११ सिन्धुलीकी १८ वर्षीया मोनिका थापा तीव्र गतिमा रहेको बा३च ६७५१ नम्बरको बोलेरोले ठक्कर दिँदा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

    घाइते दुवैलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

    थापा र कार्की बहुमुखी क्याम्पस सिन्धुलीमा विएड प्रथम वर्ष अध्ययनरत विद्यार्थीहरू हुन्। विद्यार्थीलाई ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई सकेको प्रहरीको भनाई छ।

    बुधबार नै महोत्तरीको बर्दिवास नगरपालिकास्थित बर्दिवास चोकमा टिपरले मोटरसाइकल रोकेर बसेका एक जनालाई ठक्कर दिदाँ बर्दिवास नगरपालिका ११  खयरमाराका ३५ वर्षीय सुमन थापालाई ठक्कर दिँदा गम्भीर घाइते भएका छन्।

    ना३च ७३५१ नम्बरको ट्रिफरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय बर्दीवासले जानकारी दिएको छ। घाईते थापालाई सिन्धुलीबाट हेलिकोप्टारमार्फत् थप उपचारका लागि काठमाडौं पठाइएको छ।

    गम्भीर घाइते थापालाई उपचारका लागि विपी राजमार्ग हुँदै सिन्धुलीबाट काठमाडौंतर्फ लैजाँदै गर्दा उनको अवस्था चिन्ताजनक भएपछि सिन्धुलीबाट हेलीकोप्टरमार्फत् काठमाडौं पठाइएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]