काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा पनि स्वास्थ्य सेवातर्फ नयाँ कार्यक्रम नआउने लगभग निश्चित भएको छ। चालु आर्थिक वर्ष भन्दा...
काठमाडौं : अनइच्छुक गर्भ नबसोस भन्नका लागि तथा एचआइभीका साथै विभिन्न यौनरोग सर्नबाट बच्न र जन्मान्तरको लागि यौन सम्पर्कको बेलामा कण्डमको प्रयोग गर्ने गरिन्छ। तर, कण्डमको सही प्रयोग नगर्ने हो भने यसले स्वास्थ्यमा असरमात्र होइन जुन कुराको समाधानको लागि कण्डमको प्रयोग गरिने हो त्यसको लागि प्रभावकारी नहुन सक्छ। त्यसैले कण्डमको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु पर्छ।
कण्डमको प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा
- कण्डमको प्रयोग गर्नुभन्दा अगाडि सरसफाइमा ध्यानदिनु पर्छ। राम्रोसँग सरसफाइ नगरी कण्डको प्रयोग गरियो भने यसले विभिन्न खालको संक्रमण निम्त्याउने गर्छ।
- सकेसम्म एकपटक प्रयोग गरिसकेको कण्डम अर्को पटक प्रयोग गर्नु हुँदैन। एक पटक प्रयोग गरिएको कण्डमको प्रयोगपछि यसलाई फालिसकेपछि राम्रोसँग हात धुनु पर्छ।
- कण्डमको प्रयोग सही तरिकाले गर्न पहिले कण्डम रहेको प्याकेट पनि सही तरिकाले खोल्नुपर्छ। कण्डमको प्याकेटको मध्यभागबाट खोल्नु हुँदैन। कण्डम निकाल्दा प्याकेटको छेउबाट मात्र खोल्नुपर्छ। खोल्दा दाँतको प्रयोग कहिल्यै गर्नुहुँदैन। दाँतको प्रयोग गर्नाले कण्डममा प्वाल पर्न सम्भावना धेरै हुन्छ। त्यसैले सकेसम्म कैँचीको प्रयोग गरेर कण्डम प्याकेटबाट निकाल्नु पर्छ।
- कण्डम प्रयोग गर्नु अघि त्यसको एक्सपाइर डेट हेर्नु पर्छ। मिति सकिसकेको कण्डम प्रयोग गर्दा फुट्ने वा च्यातिने सम्भावना हुने हुँदा यसको प्रयोग गरेको समयमा अर्को समस्या निम्त्याउने गर्छ। त्यसैले डेट एक्सपाइर भएको कण्डम गर्नु हुँदैन।
- धेरैले कण्डम प्रयोग गर्न नजान्दा कण्डम फुट्ने तथा च्यातिने गर्छ जसले गर्दा यौन सम्पर्कका बेलामा अर्को झन्झट देखा पर्छ। त्यसैले यसले कण्डम लगाउनु अघि हतार नगरिकन कण्डमको प्रयोग गर्नुर्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।