राजनीति

जनयुद्ध दिवसमा विप्लवले भने- हातेमालो गर्दै वैज्ञानिक समाजवाद अघि बढौँ

फागुन १, २०७५

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले २४ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले एक विज्ञप्ति सार्वजनिक गर्दै शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते, पार्टीका नेता, कार्यकर्ता र सम्पूर्ण नेपाली जनतालाई शुभकामना दिएका हुन्।

    महान् साम्यवादी उत्कृष्ठ एवं अजम्मरी विचार महान् जनयुद्ध र जनयुद्धका शहीद, बेपत्ता र घाइते योद्धा, जनयुद्धमा विभिन्न प्रक्रियामा सहभागी जनताको त्याग त्यही आदर्श र सपनासँग जोडिएको उल्लेख गर्दै जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनले जनयुद्ध दिवसका अवसरमा वैज्ञानिक समाजवाद, साम्यवादतिर अघि बढ्न अपिलसमेत गरेका छन्।

    'शहीद, बेपत्ता योद्धा परिवार र सम्पूर्ण घाइते योद्धा, जनमुक्ति सेना, जनता, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपति वर्ग, देशभक्त शक्तिहरु कहिल्यै नटुट्ने हातेमालो गर्दै वैज्ञानक समाजवाद, साम्यवादतिर अघि बढौं भन्ने अपिल जनयुद्ध दिवसका अवसरमा गर्दछौं' उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]