राजनीति

माग पूरा नगरी जनयुद्व दिवस मनाएकोमा आपत्ति

फागुन १, २०७५

    काठमाडौं : २४ औँ जनयुद्व दिवसको अवसर पारेर जनयुद्वका घाइते, अपांग तथा बेपत्ता व्‍यवस्थापन समितिले बुधबार एक कार्यक्रमको आयोजना गरेको छ।

    बुधबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर सरकारले आफूसँग गरेका सम्झौताहरलाई कार्यान्वयन नगरेको भन्दै गुनासो पोखेको छ। मेडिकल बोर्ड तथा शान्ती समितिको सिफारिशमा परेका घाइतेहरूलाई तत्काल उपचारार्थ विदेश पठाइनुपर्ने, घाइते परिषद् तत्कालै खारेज गरी जीवन निर्वाह भत्तासहित सामाजिक सुरक्षामा वृद्धि हुनेगरि तत्काल नयाँ समिति गठन हुनुपर्ने, घाइतेहरूले पेस गरेको बिल भरपाई तुरुन्त लागू गर्नुपर्ने र राज्यले प्रदान गर्नुपर्ने गणतान्त्रिक सेनानी कार्ड तत्कालै वितरण गर्नुपर्ने लगायतका आफ्ना मागहरूमा ध्यान दिन सरकारलाई सचेत गराएको छ।

    कार्यक्रममा बोल्दै जनयुद्वका घाइते रमेश कालिकोटेले सरकारले आफूहरूसँग गरेका सम्झौताहरूलाई कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखे। उनले भने, ‘हाम्रा माग पूरा नगरी जनयुद्व दिवस मनाएकोमा आपत्ति छ।’ सरकारले घाइते तथा शहीदहरूको रगतको मसीले लेखिएको गणतन्त्रमा आफूहरूलाई अधिकारविहीन बनाएको उनको आरोप छ।

    सरकारले विशालसभा गरेर जनयुद्व दिवस मनाइरहँदा जनयुद्वका प्रत्यक्ष योद्वाहरू अझै शरीरभरी क्रान्तिको निशाना र पीडा बोकेरै बाँचिरहेको पनि उनले बताए। उनले भने, ‘हाम्रै बलिदानले देशमा परिवर्तन आएको होइन र? किन हामीलाई बलिदानको उपहारमा आज गृह मन्त्रालय प्रवेशमा रोक लगायौ?’

    आफ्ना मागहरूको बारेमा गम्भीर बन्न पनि उनले सरकारलाई आग्रह गरे। उनले भने, ‘हाम्रा मागहरूको सम्बोधन हुनुपर्छ। यदि सम्बोधन भएन भने हामी देशभरि रहेका हजारौँ जनयद्वपीडितहरू संघर्षको कार्यक्रममा उत्रिन बाध्य हुन्छौँ।’ उनले देशले खोजेको परिवर्तन न्याय र समृद्व अधिकारको लागि भएको तर अधिकारका लागि लड्ने आफूहरूलाई नै अधिकारबिहीन बनाइएको गुनासो पोखे।

    सरकारले पीडितको नाममा मनाएको दिवस आफूहरूको निमित्त कालो दिन भएको उनले धारणा राखेका थिए। आफूहरूको समस्याका बारेमा स्वास्थ मन्त्रालयमा जानकारी गराउन खोज्दा पार्टी कार्यालयमा गएर धर्नामा बस भन्ने मन्त्री कसको बलिदानले पदको लाभमा बसेका हुन भन्ने प्रश्नसमेत उनले तेर्स्याए।

    कार्यक्रममा बोल्दै घाइते अपांगग तथा बेप्पत्ता संघ ३ नं प्रदेश संयोजक तथा दोरम्भा घट्नाका प्रत्यक्षदर्शी मोहन कुमार योङजोङले हिजो साम्यवादको नारा लगाएर परिवर्तनको खोजीमा हिँड्ने पार्टीले आज आफूहरूको पीडा नसुनेको आरोप लगाए।

    सरकार दुई तिहाईको दम्भ देखाउनमा व्यस्त रहेको तर आफूहरूको कुरा नै नसुनेको उनको आक्रोश छ। उनले मन्त्रालयमै बिष सेवन गर्दा पनि सरकारले पीडा नदेखेकोमा दुःख व्‍यक्त गरे। ‘हामीले खान, लाउन मागेका होईनौ, क्रान्तिले तहसनहस पारेको हाम्रो स्वास्थ्य उपचारको ब्यवस्थाको अधिकारका खोजी गरेका हौं’ उनले भने।

    नेताहरूलाई घोडा चढ्न र गाडी कुदाउन मात्र परिवर्तन नखोजेको बताउँदै उनले आफूहरूको बुईं चढेर नेताहरू सक्तामा पुगेको आरोप लगाए। उनले भने,‘राज्यले हाम्रो स्वास्थ्य समस्याबारे गम्भिर भएर तुरन्त हामीलाई उपचारको व्यवस्था गर्नुपर्छ।’ अहिले समय र जनता परिवर्तन भईसकेको कारण राज्यले आफ्ना मागहरूको सम्बोधनमा जोड दिनुपर्ने उनको भनाइ छ।

    त्यस्तै कार्यक्रममा बोल्दै जनयुद्वका शहीद परिवारका सदस्य ज्योती किरणले प्रचण्डले मनाएको जनयुद्ध दिवसको कुनै औचित्य नरहेको आरोप लगाए। दलाललाई खुशि पार्ने यस्ता कार्यक्रमले वास्तविक पीडितहरू मारमा परेको उनको भनाइ रहेको थियो।

    क्रान्तिको विचारलाई बिर्सेर गरेको कार्यक्रम खारेज भएको घोषणा गर्दे उनले प्रकाण्ड र बिप्लवले देशमा आगो बालेको दिन कुन दिवस मनाउने हो तयार हुनसमेत चेतावनी दिएका छन्।

    उनले भने,‘सत्तामा पुग्न बाटोमा गुच्चा खेलमा जितेर आएका होइनौँ, हाम्रा परिवारका सदस्यहरूको लासमा टेकेर तपाई प्रधानमन्त्री बन्नुभएको हो।’ उनले पार्टीका उच्च तहका नेताहरूको स्वर्गको बसाई धेरै दिन नटिक्ने पनि जिकीर गरे। ‘सेल्टरमा खाना देखि रगत दान गर्नेहरूको रगतले नेताहरूलाई कुनै दिन अवश्य सराप्ने छ’–उनले आक्रोश पोखे। आजको उपलब्धि क्रान्तिको उपलब्धि नभई बेईमानीको पराकाष्ठा भएको पनि उनले आरोप लगाए।

    त्यस्तै कार्यक्रममा बोल्दै महिला नेतृ बिनिता दाहालले देशको लागि प्राणको आहुती दिने शहिदको राज्यले अपहेलना गरेको गुनासो पोखिन्। उनले भनिन्,‘एकाध व्‍यक्तिको प्रगति देखेर हाम्रा सपना पूरा हुँदैनन, आजको दिन ती महान शहीदहरूको हो जसले आफ्ना विचार बेचेनन्।’ राज्यले आफूहरूलाई गैर–जिम्मेवारीपूर्ण व्‍यवहार देखाएकोमा बलिदानको अर्थमा ध्यान दिन सरकारसमक्ष आग्रह गरेकी थिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]