काठमाडौँ : सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ। मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको ...
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वर्तमान सरकार गठनपछि गरिएका एक वर्षे कामको समिक्षा गरेको छ। मन्त्रालयको उपलब्धीमा धानको उत्पादकत्वमा वृद्धि, उत्पादन सामाग्रीको आपूर्ति व्यवस्थापनमा सुधार थोक तथा हाटबजारहरूको निर्माण लगायतका विषय समावेश गरिएको छ।
यो आर्थिक वर्षमा सरकारले पहिले गरेको लक्ष्यभन्दा बढी धानको उत्पादन हुनसक्ने अनुमान गरिएको छ। गत वर्षको तुलनामा धानको उत्पादन ८.८९ प्रतिशतले वृद्धिभई ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको छ।
धानको उत्पादन वृद्धिमा मौसमको अनुकुलताका साथै मलको उपलब्धता र मन्त्रालयको सम्वन्वयनको कारण भएको औल्याइएको छ। कृषि बजार तथा पूर्वाधार विकास पनि उपलब्धी मुलक काम भएको मन्त्रालयको समिक्षा रहेको छ।
मन्त्रालयको समिक्षा
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।