अर्थ

मेलम्चीको काउन्टर ग्यारेन्टी विवाद, चीनमा बिहीबार सुनुवाई हुने

फागुन १, २०७५

    काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दाको सुनुवाइ बिहीबार हुनेभ एको छ। स सुनुवाईका लागि बैंक अफ काठमाडौंले कानुनी परामर्शदातालाई चीन पठाइसकेको जनाएको छ।

    यसअघि मेलम्ची खानेपानी आयोजना निर्माणका लागि नेपाल आएको चिनियाँ ठेकेदार कम्पनी सिआरसिसी–सिएमआइई चाइना जेभीलाई काउन्टर ग्यारेन्टी भुक्तानी दिएबापत बैंकको फसेको  पैसा उठाउन बैंकले कानुनी परामर्शदाताको टोली चीन पठाएको हो।

    कम्पनीले  बैंकमार्फत काउन्टर ग्यारेण्टी प्राप्त गरी उक्त काउण्टर ग्यारेण्टीको सुरक्षणमा मेलम्ची खानेपानी आयोजनालाई ६६ लाख २० हजार अमेरिकी डलर तथा युरो १४ लाख युरो बराबरको ग्यारेण्टी जारी गरेको थियो।

    अन्तर्राष्ट्रिय नियम र अभ्यासअनुसार चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाडौंलाई जारी गरेको काउण्टर ग्यारेण्टी एउटा स्वतन्त्र र शर्तहीन दायीत्व भएको जनाएको छ। यसअनुसार नेपालले उक्त ग्यारेण्टीको रकम काउण्टर ग्यारेण्टी सम्वन्धी आइसिसी युआरडिजीको नियम र अभ्यासअन्तगर्त फिर्ता पाउने अधिकार राख्ने बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]