पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
काठमाडौं ः फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे। युवापुस्ताले १४ फेब्रुअरीको दिन ‘भ्यालेन्टाइन डे’ लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने दिनका रूपमा लिने गर्छन्।
सूचना प्रविधिको प्रयोगले भ्यालेन्टाइन डेको रौनक नेपालमा पनि बढ्दै गएको छ। नजिकै भए भेटेर रातो गुलाब र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलमार्फत एसएमएस गरी पनि भ्यालेन्टाइन डे मनाउने चलन छ।
प्रेम गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न यतिबेला साना ठूला गिफ्ट पसलहरूमा प्रेमीहरु भरिभराउ छन्। कुनै चाडपर्व होस् या भावना व्यक्त गर्न, आजकाल कार्डलाई नै माध्यम बनाइएको पाइन्छ। आफ्नो भावना व्यक्त गर्न आफूले लेख्न पनि नपर्ने कार्डमा नै लेखिराखेका हुन्छन, त्यसैले पनि कार्ड दिने चलन बढेको हो।
भ्यालेन्टाइन डेको सुरुआत सन् २६९ मा भएको मानिन्छ इटालीको रोमका सम्राटले सैनिकहरू नारीसँगको सम्बन्धका कारण कमजोर हुने भन्दै प्रेम र विवाह गर्न रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे। आफ्नै अभियानविरूद्धको गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्ड दिए।
झुण्ड्याइनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए। भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो।
एक करोड ५० लाखको गुलाब
प्रणय दिवसको लगि यो वर्ष भारतबाट एक करोड ५० लाख रुपैयाँको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिएको छ। माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढेको कारण धेरै परिमाणमा फूल आयात नगरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए।
भ्यालेन्टाइन डेमा मनाउन पाकिस्तानले रोक लगाएको छ। भने साउदी अरेबियामा प्रहरीले प्रणय दिवस माथि प्रतिबन्ध लगाएको छ। भारतमा प्रणय दिवस मनाइए पनि पश्चिमी संस्कृति भएको भन्दै अलोचना पनि गर्ने गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।