काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ६ देउरी स्कुल नजिकबाट प्रहरीले दुईजना लागुऔध कारोवारी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित सोही स्थान बस्ने वर्ष ३६ को गणेश गुप्ता र वर्ष २६ को ओम प्रकाश राईलाई लागुऔषध विक्री वितरणमा हिँडेको अवस्थामा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार गोप्य सूचनाको आधारमा बिक्री वितरणको लागि लिएर हिँडेको लागूऔषध फेनारगन २६० एम्पुल, लुपिजेसिक १२० एम्पुल, डाईजेल्याब २७२ एम्पुल, नुफिन १६५ एम्पुल र नाईटोसन ट्याव्लेट १०० चक्की बरामद भएको छ। ‘शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई खानतलासी गर्ने झोला र शरिरका विभिन्न भागमा लुकाइएको लागुऔषध फेला परेको हो,’ उनले भने, ‘झोला र शरिरको विभिन्न भागमा लुकाई राखेको लागूऔषधसहित पक्राउ परेकाहरु लागुऔषध कारोवारी रहेको खुलासा भएको छ।’ पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भइरहेको उनको भनाई छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।