विराटनगर : कोशीका मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिने र नलिएमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई सन्देश द...
जनकपुरधाम : प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सामाजमा असल संस्कार, संस्कृति तथा चरित्रको भेटाउँनै मुस्किल हुन थालेको बताएका छन्। प्रदेश प्रमुख कायस्थले दिव्य आमा बुबाको पूजन समारोहमा अहिलेको समाजमा आदर्श चरित्र निर्माण तथा नैतिक शिक्षाको अभावका कारण असल संस्कार, संस्कृति तथा चरित्र भेटाउनै मुस्किल हुन थालेको बताएका हुन्।
जनकपुरधामको वडा १२ को हनुमान नगरस्थित राधाकृष्ण योगसेवा केन्द्रको आयोजनामा आदर्श आमा बुबाको दिव्य पूजन समारोहमा बोल्दै प्रदेश प्रमुख कायस्थले आफूभन्दा ज्येष्ठ नागरिककाे सम्मान तथा सानालाई आशीर्वाद दिने जस्ता संस्कारकाे बृद्धि हुन नसकेमा समाजमा असल चरित्र निर्माण हुने बताए। साथै उनले माता पिताको कहिल्यै पनि चित्त दुखाउन नहुने धारणा राख्दै आमा बुबालाई श्रद्धापूर्वक सम्मान तथा पूजा गर्नुपर्नेमा जोड दिए।
एक अर्को प्रसंगमा प्रदेश प्रमुख कायस्थले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जिल्लाको सरकारी कार्यालय लगायत बिभिन्न ठाउँमा गएर आफैँ गरेको अनुगमनको प्रशंसा गरे। कार्यक्रमा धनुषाका प्रमुख जिल्ला अधिकारी कँडेलले मधेसमा दहेज, बालबिवाह जस्ता कुसंस्कार बढ्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई निर्मुल पार्न आवश्यक रहेको बताए। त्यस्तै बृद्धालाई बृद्धा आश्रममा बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने सुझाव समेत दिए।
प्रमुख जिल्ला अधिकारी कँडेलले भने, ‘एकातर्फ युवाले 'भ्यालेनटाइन डे' अर्थात प्रणय दिवस मनाइरहँदा राधाकृष्ण योग सेवा केन्द्रले आदर्श आमा बुबाको दिव्य पूजन समारोहको आयोजना गरी आमा बुबालाई पूजा गरी महान कार्य गरेको छ। प्रणय दिवसले युवायुवतीले प्रेम गरी मनाउने होइन की बुबा आमालाई प्रेम र पूजा गरी मनाउनु पर्ने हो।’
कार्यक्रममा अध्यक्षता गरेका योग गुरु बिनय भाइले माता पितालाई अनादर गर्न नहुने भन्दै सम्मान गर्न श्रवण कुमारबाट सबै छोराहरूले पाठ सिक्नुपर्ने बताए। उनले संसारमा आमाभन्दा ठूलो माया र प्रेम कसैको हुन नसक्ने दावी गर्दै आमा–बुवाको सम्मान भन्दा अरु कुनै ठूलो पूजा नभएको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।