काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
काठमाडौं : संसदबाट कर्मचारी समायोजन विधेयक २०७५ बहुमतले पारित भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले विधेयक बहुमतले पारित गरेको हो।
बैठकमा सांसदहरूले विधेयकमाथि छलफलका लागि थप समय मागेका थिए भने जवाफमा संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डीतले समितिबाटै छलफल भएर आएकोले थप छलफल आवश्यक नभएको बताएका थिए।
यसअघि राज्य व्यवस्था समितिले विधेयकमा फेरिएका विषयवस्तुबारे सदस्यहरूलाई जानकारी नै नदिई कर्मचारी समायोजन विधेयक पास गरेको आरोप लगाएका थिए। संसदको अर्को बैठक फागुन ६ गते सोमबार दिउसो १ बजे बस्ने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।